सिन्धुपाल्चोक । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका उनलाई आज सङ्क्रमण पुष्टि भएको हो।
उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन् ।
उनले भनेका छन्, ‘अहिले म होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा मेरो सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु होला । ‘