कर्मचारीमा कोरोना सङ्क्रमणपछि एन्फाको मुख्यालय तीन दिन बन्द « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्मचारीमा कोरोना सङ्क्रमणपछि एन्फाको मुख्यालय तीन दिन बन्द


प्रशासन संवाददाता

२२ आश्विन २०७७, बिहिबार


काठमाडौँ । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अखिल नेपाल फुटबल संघको मुख्यालय तीन दिनका लागि बन्द भएको छ।

एन्फाले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएकाले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको मुख्यालय बिहीबारदेखि तीन दिन बन्द रहने जानकारी दिएको छ ।

एन्फाले  मुख्यालय ७२ घण्टापछि कीटाणुरहित बनाएर खुला गरिने र सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएका कर्मचारीहरूलाई सात दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनेको छ।

प्रतिक्रिया दिनुहोस