सरकारी राजस्व विद्युतीय माध्यमबाट सङ्कलन गर्न सम्झौता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारी राजस्व विद्युतीय माध्यमबाट सङ्कलन गर्न सम्झौता


प्रशासन संवाददाता

२२ आश्विन २०७७, बिहिबार


कठमाडौं । ग्लोबल आइएमई बैङ्क र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट सङ्कलन गर्नेसम्बन्धी सम्झौता भएको छ ।

बुधवार आयोजित एक कार्यक्रमबीच बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि नगदको रूपमा सङ्कलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आइएमई पे डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस