गायक दाउत राईको ‘हृदयको आवाज’ सार्वजनिक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गायक दाउत राईको ‘हृदयको आवाज’ सार्वजनिक


२१ आश्विन २०७७, बुधबार


काठमाडौं । दशैँको कोसेली स्वरूप गायक दाउत राई र गायिका दिपा लामाको स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

माया प्रेमको चर्चा गरिएको यस गीतमा शब्द अमर बान्तुको रहेको छ भने गीतलाई स्वयम् गायक दाउत राईले नै संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडेलको सङ्गीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोन बिचको प्रेम र रोमान्स देख्न सकिन्छ। प्रदीप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई निर्देशक देव जंग थापाको छायाङ्कन र निर्देशनमा तयार पारिएको हो।

कोरोना कहर बिच निकै मेहनत साथ तयार पारिएको यस भिडियोलाई साथ , सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक श्रोता र मिडिया हाउसलाई निर्माण टिमले आग्रह गरेका छन्।

हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस