कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव कार्की नियुक्त  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव कार्की नियुक्त 


प्रशासन संवाददाता

२१ आश्विन २०७७, बुधबार


काठमाडौँ । सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.योगेन्द्र कुमार कार्कीलाई तोक्ने निर्णय गरेको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गत सोमबारको मन्त्रिपरिषद् बैठकले डा. कार्कीलाई अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराएका छन् ।

त्यसै गरी समितिको कार्यकारी निर्देशक पदमा वरिष्ठ कृषि अर्थ विज्ञ विनोद कुमार भट्टराई नियुक्ति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस