घरमै लुकाएको आठ केजी अफिमसहित एक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घरमै लुकाएको आठ केजी अफिमसहित एक पक्राउ


प्रशासन संवाददाता

२१ आश्विन २०७७, बुधबार


काठमाडौँ । प्रहरीले घरमै लुकाएर राखिएको आठ केजी लागू औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको कालिमाइ गाउँ पालिका–१ बस्ने खोवारी प्रसाद पक्राउ परेका हुन् ।

लागू औषधसहित नियन्त्रणमा लिइएका खोवारी प्रसादलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस