कोरोना भाइरस संक्रमणबाट साउदीमा ८२ नेपालीको मृत्यु, ५ हजार भन्दा बढी संक्रमित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोरोना भाइरस संक्रमणबाट साउदीमा ८२ नेपालीको मृत्यु, ५ हजार भन्दा बढी संक्रमित


एजेन्सी

२१ आश्विन २०७७, बुधबार


साउदी अरेबिया । कोरोना भाइरसको संक्रमणबाट साउदी अरेबियामा कार्यरत ८२ जना नेपालीको मृत्यु भएको छ।

दुतावासका अनुसार साउदी अरेबियामा काम गर्न गएका ५ हजारभन्दा बढी नेपाली संक्रमित भएका छन्, भने ८२ जनाको मृत्यु भएको छ ।

दुतावास रियादका अनुसार हालसम्म ६८ जना र वाणिज्य दुतावास जेद्धाका अनुसार १४ जना गरी हालसम्म ८२ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु भएका हुन् ।

कोरोना भाइरसको महामारीसँगै साउदी अरेबियाबाट हालसम्म चार्टर उडानबाट लगभग ११ हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएका छन्। अलपत्र परेका नेपालीलाई सहजीकरणको लागी नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले २६ हजार ९ सय ५६ जनाको नामावली सार्वजनिक गरेको छ।

दुतावास रियादको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका १ हजार ५८ जना नेपालीलाई वहिर्गमन भिषासमेत जारि गरेको छ।

अलपत्र परेका १० बेखर्ची नेपालीलाई एनआरएन साउदीले स्वदेश फिर्ताको लागी हवाई टिकट उपलब्ध गरेको छ। साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ३७ हजार २ सय ४३ जना संक्रमित, ४ हजार ९ सय २३ जनाको मृत्यु र ३ लाख २२ हजार ६ सय १२ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस