हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण


२० आश्विन २०७७, मंगलबार


काठमाडौं । अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिला आचर्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ’ हरिवंशले फेसबुकमा लेखेका छन् ।

उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस