७८ जना नेपाली शान्ति सैनिक उडे दक्षिण सुडान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७८ जना नेपाली शान्ति सैनिक उडे दक्षिण सुडान


१९ आश्विन २०७७, सोमबार


काठमाडौँ । दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिसनको हाई रेडिनेस कम्पनी(एचआरसी) को नियमित अदली बदलीको क्रममा सोमबार पहिलो डफ्फाका ७८ जना नेपाली शान्ति सैनिक, मिसन इलाका तर्फ प्रस्थान गरेका छन् ।

कोभिड-१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरूप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरू यही असोज २० गते नेपाल आई पुग्ने योजना रहेको निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस