नेकपाको सचिवालय बैठक भोलि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपाको सचिवालय बैठक भोलि


१९ आश्विन २०७७, सोमबार


काठमाडौं । नेकपा सचिवालय बैठक मंगलबार (भोलि)बस्ने भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा सचिवालय बैठक बस्ने सहमति भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए।

नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा संक्रमण पुष्टि भएपछि आइतबारको सचिवालय बैठक पनि स्थगित भएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस