राजधानी सार्ने प्रस्तावको विरोधमा उत्रिन रुपन्देहीबासीलाई कांग्रेस नेता खाणको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजधानी सार्ने प्रस्तावको विरोधमा उत्रिन रुपन्देहीबासीलाई कांग्रेस नेता खाणको आग्रह


प्रशासन संवाददाता

१९ आश्विन २०७७, सोमबार


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश राजधानी सार्ने प्रस्तावको विरोधमा उत्रिन रुपन्देहीबासीलाई आग्रह गरेका छन् ।

नेता खाणले राजनीतिक पूर्वाग्रही राखेर राजधानी सार्न खोज्नु नागरिकको भावना विपरीत भएको दावी गर्दै जवर्जस्त प्रस्ताव पास गर्ने कार्य रोकेर बुटवलमै कायम गर्न माग गरेका हुन्।

नेता खाणले सोमबार एक विज्ञप्ति जारी गर्दै राजधानी सार्ने प्रस्तावको विरोधमा भइरहेका शान्तिपूर्ण विरोधमा धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन्।

नेता खाणले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘लोकतान्त्रिक मूल्य र मान्यताको उपहास हुने गरी निषेधाज्ञा जारी गर्ने, आमनागरिकमा डर त्रास भय सिर्जना गर्ने र धरपकड गरी गिरफ्तार गर्ने जस्ता कार्य गरेर सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ, आमनागरिक, व्यवसायी, पत्रकार, नेता कार्यकर्तालाई तानाशाही रूपमा प्रक्राउ गर्नु खेदजनक छ।’

यस्तो विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस