मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार


१८ आश्विन २०७७, आइतबार


Shankar pokhrel

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि लक्ष्य गरेर आज बुटवलमा ढुङ्गा प्रहार भएको छ ।

काठमाडौँबाट रुपन्देही आउँदै गरेका मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहा नजीक ढुङ्गा प्रहार गरिएको हो ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका मुख्यमन्त्री सवार गाडीमा रुपन्देहीका मणिग्राम, कोटिहवा र शङ्कर नगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरिएको नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।

अज्ञात समूहको आक्रमणबाट गाडीको सिसा फुटेको र गाडी तोडफोडपछि प्रहरीले हवाइफायर गरेको थियो । मुख्यमन्त्री सवार गाडीसहित उनको स्कर्टिङ गर्ने दुई गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले सो स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रदेश नं ५ को राजधानी सार्ने प्रस्ताव प्रदेशसभामा सरकारले दर्ता गरेपछि पार्टीको बैठक सकिई मुख्यमन्त्री पोखरेल काठमाडौँ गएका थिए । स्थायी राजधानी सार्न नहुने जनाउँदै नेपाली कांग्रेसले आज रुपन्देही बन्दको आह्वानसहित प्रदर्शन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस