२ हजार २५३ जनामा कोरोना संक्रमण, १ हजार ३२९ जना डिस्चार्ज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२ हजार २५३ जनामा कोरोना संक्रमण, १ हजार ३२९ जना डिस्चार्ज


१८ आश्विन २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

प्रवक्ता डा. गौतमका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।
१२ हजार ७८४ जनाको पीसीआर भएको छ । त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ३ सय २९ रहेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस