२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिश्पर्धी बाइडेन र उत्तर कोरियाका नेता किमद्धारा ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना

अ+ अ-

वासिङ्टन । कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिश्पर्धी जोए बाइडेनले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

अहिले ७४ बर्ष पुगेका राष्ट्रपति ट्रम्प र ५० बर्षिया उनकी पत्नी मेलानिया शुक्रबार कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ट्रम्प दम्पत्तिको सिघ्र स्वास्थ्य लाभका लागि हामीले निरन्तर प्रार्थना गरिरने छौँ ।’

त्यसैगरी पूर्व राष्ट्रपति बाराक ओबामाले पनि ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प दम्पत्तिसँगै कोरोना भाइरसबाट सङ्क्रमित सवैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अमेरिकामा अहिले ७३ लाख ३२ हजार १९ जना सङ्क्रमित भएका छन् भने २ लाख आठ हजार ६९३ जनाको मृत्यु भएको छ । यो दुवै तथ्यांक देश अनुसार हेर्दा विश्वभरी कै सवैभन्दा धेरै हो ।

त्यसैगरी पूर्व राष्ट्रपति विल क्लिन्टन, ट्रम्पसँगै राष्ट्रपतिमा यसअघि प्रतिश्पर्धा गरेकी हिलारी क्लिन्टन, अहिले डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी कमला हारिसलगायतले पनि ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

स्वदेशी नेता बाहेक अन्य देशका पनि दर्जनौ नेताहरुले उनलाई सिघ्र स्वास्थ्य लाभको सन्देश पठाएका छन् । उनीहरु मध्ये उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले शनिबार पढाएको सन्देशलाई महत्वका साथ हेरिएको छ ।

‘उनीहरुलाई जतिसक्दो चाडो स्वास्थ्य लाभ हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ किमले सम्प्रेषण गरेको सन्देशमा उल्लेख गरिएको छ । लामो समयदेखि एक अर्कालाई मुख्य दुश्मन मान्दै आएका अमेरिका र उत्तर कोरियाका शिर्ष नेताद्धय ट्रम्प र किमबीच पटक पटक शिखर वार्ता भएका थिए । त्यसैले पनि उनीहरुले एक अर्काप्रति विषेश निकटता प्रदर्शन गर्ने गरेका छन् । यसअघि किम अस्वस्थ भएको खवर सार्वजनिक भएको बेला पनि ट्रम्पले तत्कालै उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

राष्ट्रपति ट्रम्प दम्पत्तिलाई शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई शुक्रबार राती वाल्टर रिड नेस्नल सैनिक अस्पताल लगिएको हो । उनी बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस