अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ


एजेन्सी

१७ आश्विन २०७७, शनिबार


वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

उनका चिकित्सक डा केभिन कोनरले सो कुराको जानकारी दिएका हुन् । उनले शुक्रबार जो बाइडेन र उनकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका हुन् ।

डा. केभिनले एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन् ‘बाइडेन र उनका श्रीमतीको पिसिआर परीक्षणमा उनीहरु दुवै जनामा कोरोना भाइरसको संक्रमण देखिएन’ ।डा. केभिनको सो विज्ञप्तिपछि बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्  ‘मेरी श्रीमती जिल र मेरो कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ’, हामीलाई खुशी लागेको छ ।

यसअघि गत बिहीबार मात्र गरिएको परीक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने कोरोना भाइरस पोजेटिभ आएको थियो । त्यसपछि उनलाई अस्पताल नै भर्ना गरिएको छ । उनलाई अरु केही दिन अस्पताल बस्नुपर्ने उनका निजी चिकित्सकहरुले सुझाव दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस