टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प


एजेन्सी

१५ आश्विन २०७७, बिहिबार


टोङ्गा । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो ।

टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महशुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।

Tags :
प्रतिक्रिया दिनुहोस