कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्थामा मन्त्री थपे विरोधमा उत्रन्छौँ : रामचन्द्र पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्थामा मन्त्री थपे विरोधमा उत्रन्छौँ : रामचन्द्र पौडेल


प्रशासन संवाददाता

१५ आश्विन २०७७, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाएर मन्त्री थप गरे विरोधमा उत्रिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पुनर्गठनको लागि आन्तरिक तयारी गरिरहँदा नेता पौडेलले यस्तो चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालयहरू फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको पौडेलले बताए ।

नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्,‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोली बिना दरबन्दी जतासुकै मन पर्दी ढङ्गले मान्छे भर्ने काम कम्युनिस्टले चलाएका छन्, कर्मचारीको पेन्सन धान्न नसक्ने भइसकेको अवस्था छ । जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रनेछौँ ।’

जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा मन्त्रालय बढाउने काम गरिन नहुने नेता पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस