सुनकोे मूल्य ५ सयले बढ्यो, तोलाको कति पुग्यो ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनकोे मूल्य ५ सयले बढ्यो, तोलाको कति पुग्यो ?


प्रशासन संवाददाता

१४ आश्विन २०७७, बुधबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनकोे मूल्य ५ सयले रुपैयाले बढेको छ । ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २ सय तोकेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७ सय थियो ।

मङ्गलबार प्रतितोला रु ९सयले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५ सयले बढेको हो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले बढेर एक हजार १९० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस