विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका-६ का ६० वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ४ बजे मृत्यु भएको हो।
उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका ति पुरुषलाई स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो । होम आइसोलेसनमा रहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि थप उपचारका लागि अस्पताल ल्याइएको खुलेको सिग्देलको भनाइ छ।
उनका अनुसार मृतकमा उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या रहेकाले पछिल्लो समय श्वास फेर्न गाह्रो हुने समस्या पनि थपिएकाले असोज ६ गतेबाट भेन्टिलेटरमा उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि संक्रमित पुरुषमा रेमडिसिभर औषधि पनि चलाइएको उनले जानकारी दिए।