चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण


प्रशासन संवाददाता

१२ आश्विन २०७७, सोमबार


चितवन । चितवन प्रहरीका प्रवक्ता एवं डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार राति सार्वजनिक गरिएको कोरोना परिक्षण रिपोर्टमा थापा सहित ८ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको प्रहरी उपरीक्षक नान्तिराज गुरूङले जानकारी दिए।

कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए।

यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस