२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोटाको लागि मात्र राखिएको जनप्रतिनिधि महिलाको गुनासो

अ+ अ-

डडेल्धुरा । महिला जनप्रतिनिधिहरूलाई अझै पनि कोटाको लागि मात्र राखिएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

जिल्ला सदरमुकाममा आयोजना गरिएको सीमान्तकृत महिलाहरूको आवाज तथा सहभागिता परियोजना अन्तर्गत कोभिड १९ को सन्दर्भमा सहभागी जनप्रतिनिधि महिलाहरूले सो गुनासो गरेका हुन् ।

कार्य क्षेत्रमा अझै पनि महिला जनप्रतिनिधिहरूलाई हस्ताक्षरका लागि मात्र प्रयोग गर्ने गरिएको गुनासो उनीहरूले गरेका हुन् । ‘जनताले प्रतिनिधि भनेर त पठाए तर प्रतिनिधिले गर्नु पर्ने कामबारे अझै पनि अनविज्ञ छौँ’ राजनीतिक व्यवस्था र कानुनी प्रक्रियाबारे जानकारी दिन अझै पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको अमरगढी नगरपालिका-५ का वडा सदस्य पम्फा रोक्काले बताइन् ।

कार्यक्रम अन्तर्गत महिलाहरूले भोगिरहनु परेको अप्ठेराहरूको अध्ययन गर्ने, उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न तालीमहरू सञ्चालन गर्ने र महिला जनप्रतिनिधिहरूको साझा मञ्च निर्माण गर्ने र हरेक ठाउँमा महिलाको पहुँच बढाउन तथा उनीहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको दलित महिला संघ डडेल्धुराका कार्यक्रम संयोजक सुनिता गैरेले बताइन् ।

यस्तै कार्यक्रममै दलित महिला जनप्रतिनिधि र अमरगढी नगरपालिकाभित्र गठन भएका दलित महिला समूहका अध्यक्षहरूसँग लक्षित वर्गको बजेटलाई कसरी कार्यान्वयनमा ल्याउने र सो बजेटमा दलित महिलाहरूले कसरी प्रतिनिधित्व गर्ने भन्ने सवालमा पनि छलफल भएको कार्यक्रम संयोजक गैरेले जानकारी दिइन् ।

दलित महिला संघ डडेल्धुराको आयोजना तथा वुमनकाइण्ड वर्ल्ड वाइडको सहयोगमा सञ्चालित कार्यक्रममा अमरगढी नगरपालिकाका ११ वटै वडाका महिला जनप्रतिनिधिको सहभागिता थियो।