दक्षिण कोरिया र इयूका राजदूतले राष्ट्रपति भण्डारीसमक्ष पेश गरे ओहदाको प्रमाणपत्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दक्षिण कोरिया र इयूका राजदूतले राष्ट्रपति भण्डारीसमक्ष पेश गरे ओहदाको प्रमाणपत्र


११ आश्विन २०७७, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दक्षिण कोरिया र यूरोपियन यूनियनका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गरेका छन्।

शीतल निवासमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ–सुक र यूरोपियन यूनियनका नोना डिप्रेजले ओहदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस