राष्ट्रपतिसमक्ष गणतन्त्र कोरिया र युरोपियन युनियनका राजदूतबाट ओहदाको प्रमाणपत्र पेश « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिसमक्ष गणतन्त्र कोरिया र युरोपियन युनियनका राजदूतबाट ओहदाको प्रमाणपत्र पेश


प्रशासन संवाददाता

११ आश्विन २०७७, आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली संघका आवासीय राजदूतहरुले आआफ्ना ओहदाका प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ –सुक र युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेश गरेका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस