‘देउमाइको किनारमा’ का निर्देशक शेर्माको निधन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘देउमाइको किनारमा’ का निर्देशक शेर्माको निधन


११ आश्विन २०७७, आइतबार


दमक । शहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे)को निधन भएको छ ।

लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित शेर्माको आज आफ्नै निवासमा निधन भएको हो । पचपन्न वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए ।

उनको श्रीमती, दुई छोरी र एक छोरा छन्। उनी फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । शेर्माको आज दिउँसो उर्लावारीस्थित सुनझोडा जङ्गलमा अन्त्येष्टि गरिएको छ । यसैबीच, शेर्माको असमायिक निधन प्रति चलचित्रकर्मी, साहित्यक, सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीले समवेदना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस