चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ ।
चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका -९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए ।
उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो ।