युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु


एजेन्सी

१० आश्विन २०७७, शनिबार


एजेन्सी । युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयबाट क्याडेट्स लिएर उडेको विमान दुर्घटना भएको बीबीसीले जनाइएको छ । उक्त विमान एउटा प्रशिक्षण उडानमा रहेको बताइएको छ । विमानमा अधिकांश हवाई क्याडेटहरू थिए ।

एन्टोनोव २६, विमान खर्किभको पूर्वी शहर नजिकै आइपुगेको थियो । अधिकारीहरुका अनुसार विमानमा २७ जना यात्रु थिए। ती मध्ये दुई जना गम्भीर घाइते भएका र तीन जना बेपत्ता रहेको बताइएको छ । बेपत्ताहरूको खोजी कार्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस