झापाका १० कैदीबन्दीलाई कोरोना संक्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

झापाका १० कैदीबन्दीलाई कोरोना संक्रमण


९ आश्विन २०७७, शुक्रबार


बनीयानी । जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा आज थपिएका १४ जना सङ्क्रमित मध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिए ।

‘काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीको पिसिआर परीक्षण गर्दा पोजिटिभ आयो’, उनले भने, ‘ती बन्दीको कन्ट्याक टे«सिङको आधारमा अरुको पिसिआर जाँच गर्दा थप १० जनामा कोरोना देखिएको छ ।’ २२ जनाको पिसिआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

उपचारका लागि सङक्रमित बन्दीलाई मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा भर्ना गरिएको छ । सङ्क्रमित बन्दी भएकाले सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । कारागारमा कोरोना सङ्क्रमण भेटिएपछि अहिले त्यहाँ उच्च सतर्कता अपनाइएको छ । सङ्क्रमित बन्दी २२, २५, २८, ३२, ३४, ३६, ३९, ६०, ६०, ७५ वर्ष उमेरका रहेका छन् ।

आज बिर्तामोड नगरपालिका वडा नं ५ का ६० वर्षीय एक जना महिला, शिवसताक्षी नगरपालिका–१ का ७१ वर्षीय एक जना पुरुष र झापा गाउँपालिका–६ का ५२ र १७ वर्षीय दुई जना स्थानीयमा समेत कोरोना सङक्रमण पुष्टि भएको छ ।

योसँगै झापामा कोरोनो सङक्रमितको सङ्ख्या ८३६ पुगेको छ । निको हुनेको सङ्ख्या ७५७ जना रहेको छ । सक्रिय सङ्क्रमित ७३ जना छन् भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस