मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा


९ आश्विन २०७७, शुक्रबार


काठमाडौं । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्वी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ मा पूर्ण बदलीसहित धेरै ठाउँमा वर्षा भइरहेको छ । ठाउँठाउँमा सामान्यदेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षासमेत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

‘काठमाडौँमा केही खुलेको देखिन्छ, तर पूर्ण मौसम सफा भने भएको छैन’, कँडेलले भनिन्, ‘रातिसम्म बदलीको अवस्था छ, आजदेखि नै मौसममा केही सुधार देखिएको र शनिबारदेखि भने विस्तारै मौसममा थप सुधार हुँदै जान्छ ।’ उनका अनुसार मौसम सुधार भए पनि छिटफुट बदली र केही स्थानमा वर्षा भने कायमै रहने छ र शनिबारपछि भने लगातारको झरी नहुने कँडेलले बताइन्।

यसअघि तीन दिन मुलुकको अधिकांश क्षेत्रमा मौसम पूर्ण बदली भई धेरै स्थानमा वर्षा भएको थियो । मुख्यगरी प्रदेश १ देखि ५ सम्म बढी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । यसपालि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ ।

हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ । साथै यो न्यून चापीय क्षेत्र उत्तरपूर्व सर्दैछ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण बाढी र पहिरो जाँदा पछिल्लो तीन दिनमा १५ जनाभन्दा बढीको ज्यान गएको छ भने केही बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी रहेको जनाइएको छ ।

यो वर्ष मुलुकका विभिन्न क्षेत्रमा विपद्मा परेर ३९१ जनाको ज्यान गएको छ भने ११० जना अझै बेपत्ता छन् । सबैभन्दा बढी पहिरोले मात्रै २८७ जनाको ज्यान लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस