दार्चुलाको होटलमा एक प्रहरी नायब निरीक्षक मृत फेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दार्चुलाको होटलमा एक प्रहरी नायब निरीक्षक मृत फेला


प्रशासन संवाददाता

९ आश्विन २०७७, शुक्रबार


दार्चुला । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक मृत फेला परेका छन् ।

महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेका हुन् ।

उनको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार सई रावलको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थिए । हुती जाने क्रममा उनी होटलमा बास बसेका थिए ।

उनी बाथरुममा लडिरहेको अवस्थामा भेटिएपछि उनलाई जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको थियो। त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो। उनका अनुसार रावल प्रेसरका बिरामीसमेत थिए

उनको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस