बितेको २४ घण्टामा विश्वमा २ लाख ९८ हजारमा कोरोना संक्रमण, ५ हजार ९१८ जनाको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बितेको २४ घण्टामा विश्वमा २ लाख ९८ हजारमा कोरोना संक्रमण, ५ हजार ९१८ जनाको मृत्यु


एजेन्सी

९ आश्विन २०७७, शुक्रबार


काठमाडौं । बितेको २४ घण्टामा विश्वमा २ लाख ९८ हजार ८५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

अघिल्लो २४ घण्टामा २ लाख ५२ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार यो अघिल्लो दिनको तुलनाका निकै धेरै हो ।

विश्वमा हालसम्म ९ लाख ७३ हजार ६५३ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ५ हजार ९१८ संक्रमितको मृत्यु भएको छ ।

संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार ३०८ पुगेको तथ्यांकमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस