महाकाली सिँचाइ आयोजना निर्देशक विष्ट ११ लाखसहित पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महाकाली सिँचाइ आयोजना निर्देशक विष्ट ११ लाखसहित पक्राउ


८ आश्विन २०७७, बिहिबार


काठमाडौँ । महाकाली सिचाइ आयोजनाका कायम मुकायम(कामु)आयोजना निर्देशक(सिडीई) प्रचण्डदेब विष्ट एघार लाख रकमसहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान विष्टलाई सुनधारास्थित ईशन होटेलबाट स्रोत नखुलेको ११ लाख रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पछि निर्देशक विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको छ । लाखौँरकमसहित होटेलबाट पक्राउ परेका विष्टबारे थप अनुसन्धान भइरहेको आयोग स्रोतले बताएको छ ।

यति ठुलो रकमसहित होटेलमा पक्राउ पर्नुले घुस रकम असुल गरी व्यवस्थापनका लागि होटेलमा बसेको हुनसक्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस