बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा एकको मृत्यु, २ जना बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा एकको मृत्यु, २ जना बेपत्ता


प्रशासन संवाददाता

७ आश्विन २०७७, बुधबार


कपिलवस्तु । कपिलवस्तुमा बाढीले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ ।

वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो ।

वाणगङ्गा– ९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जीपलाई बुधबार बाढीले बगाएको प्रहरीले जनाएको छ । नेविप्रा जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन् ।

जीपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए । घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस