गण्डकीमा ३१ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

गण्डकीमा ३१ जना कोरोना संक्रमित थपिए


प्रशासन संवाददाता

७ आश्विन २०७७, बुधबार


गण्डकी । गण्डकी प्रदेशमा ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ५७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा तनहुँका ११, बाग्लुङका आठ, कास्कीका पाँच, पर्वतका चार र स्याङ्जाका तीन जना छन् । प्रदेशमा हालसम्म ६४ हजार ८९५ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

सङ्क्रमित मध्ये २ हजार ३२९ निको भएका छन् भने एक हजार २१८ जना सक्रिय संक्रमित छन् । हालसम्म कोरोना सङ्क्रमणका कारण प्रदेशमा ३२ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस