वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ


७ आश्विन २०७७, बुधबार


काठमाडौं । विभिन्न वन्यजन्तुको आखेटोपहारसहित प्रहरीले मंगलबार साँझ धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको छ ।

आखेटोपहारको अवैध ओसारपसार र कारोवार हुदै गरेको सूचनाका आधारमा उनलाई पोखरा–३१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्की जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको टोलीले सिसुवाबाट वनपोखरीतर्फ जाने क्रममा प्रदेश नं।३–०२–०११ प ७८०६ नम्बरको मोटरसाकलमा जेब्रा झोलामा लुकाइराखेको अवस्थामा सामान बरामद भएको हो ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार लामिछानेको साथबाट चितुवाको छाला १, सालकको खपेटा १, वन्यजन्तुको हाड, खुट्टा तथा पंजा ३ किलो ७ सय ५० ग्राम बरामद भएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ ।

डिभिजनल वन अधिकृत केदार बरालले लामिछानेलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस