सुनको मुल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मुल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो


प्रशासन संवाददाता

६ आश्विन २०७७, मंगलबार


काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायीसंघका अनुसार सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो।

मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायीसंघले जानकारी दिए । त्यसैगरी चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस