२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

अ+ अ-

राँझा । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ ।

कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालु आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधिक राजश्व सङ्कलन गरेको छ ।

चालु आवको पहिलो महिनामा नेपालगञ्ज भन्सार कार्यालयले रु एक अर्ब ६८ करोड राजश्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए ।

उनका अनुसार साउन महिनामा रु ९४ करोड ७५ लाख छ हजार राजश्व उठाउने लक्ष्य राखिएकामा लक्ष्यभन्दा रु ७३ करोड २५ लाख अर्थात् ५६ प्रतिशतभन्दा बढी राजश्व सङ्कलन भएको छ । भदौ महिनामा राजश्व सङ्कलन लक्ष्य रु एक अर्ब छ करोड रहेकामा लक्ष्यभन्दा अधिक रु एक अर्ब ४६ करोड राजश्व सङ्कलन भएको छ ।

बन्दाबन्दीका कारण अवैधरूपमा सामान भित्रिने कार्य बन्द भई सबैजसो सामग्री भन्सार हुँदै आएकोले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत निरौलाको भनाइ छ । कोरोना महामारीका कारण नेपाल-भारत जमुनाह सीमा नाका बन्द रहे पनि नेपालगञ्ज भन्सार कार्यालयले दैनिकरूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै निरौलाले भने, ‘पछिल्लो समय उद्योग तथा कलकारखाना सञ्चालनमा आएपछि कच्चा पदार्थ ल्याउने क्रम ह्वात्तै बढेकाले उत्साहजनकरूपमा राजश्व सङ्कलन भएको हो ।’

नेपालगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरेका छन् । अहिले नेपालगञ्ज नाकाबाट फलफूल तथा तरकारीजन्य पदार्थ र मानिसको आवागमनमा भने पूर्णरूपमा रोक लगाइएको निरौलाले जानकारी दिए।

नेपालगञ्ज भन्सार कार्यालयबाट गत आव २०७६/७७ मा रु साढे तीन अर्ब राजश्व घाटा भएको थियो । रु १५ अर्ब ४३ करोड ७५ लाख लक्ष्य रहेकामा रु ११ अर्ब ७७ करोड आठ लाख मात्र राजश्व सङ्कलन हुँदा रु तीन अर्ब ६६ लाख राजश्व घाटा भएको हो ।

कोरोना भाइरस महामारीका कारण लामो समयसम्म बन्दाबन्दी भएपछि भन्सारको राजश्व असुलीमा कमी आएको प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिए । उनका अनुसार गत आवमा कुल लक्ष्यको करिब ७६ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको थियो । राजश्व सङ्कलन हुने मुख्य समयमा कोरोना भाइरसका कारण बन्दाबन्दी हुँदा त्यसको प्रत्यक्ष प्रभाव राजश्व असुलीमा परेको थियो ।

‘नेपालगञ्ज भन्सारको राजश्वको मुख्य स्रोत पेट्रोलियम पदार्थ हो, लकडाउनका कारण सवारी साधन ठप्प हुँदा पेट्रोलियम पदार्थ आयात कमी भई राजश्व असुलीमा असर परेको हो’, प्रमुख भन्सार अधिकृत निरौलाले भने, ‘लकडाउनका कारण चैत, वैशाख र जेठमा राजश्व असुलीको लक्ष्य नपुगेका कारण राजश्व घाटा हुन पुगेको हो ।’

प्रतिक्रिया दिनुहोस