रेडक्रस डोटीद्वारा सेवा प्रदायक निकायहरूलाई स्वास्थ्य सामाग्री सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रेडक्रस डोटीद्वारा सेवा प्रदायक निकायहरूलाई स्वास्थ्य सामाग्री सहयोग


५ आश्विन २०७७, सोमबार


डोटी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले कोभिड-१९ को प्रतिकार्यका लागि अग्रपङ्क्तिमा रहेका सेवा प्रदायक निकायहरूलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

रेडक्रस जिल्ला शाखा डोटीद्वारा सञ्चालित पश्चिम विपद् पूर्व तयारी परियोजना अन्तरगत शिखर नगरपालिकाका ३ वटा वडा कार्यालय, २ वटा प्रहरी चौकी, ३ वटा स्वास्थ्य चौकीलाई ४० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको परियोजना फिल्ड कोडीनेटर रबिन ढकालले बताए ।

नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले कोभिड–१९ को प्रतिकार्यका लागि स्थानीय तहहरूलाई क्वारेनटिन व्यवस्थापनका लागि त्रिपाल, कम्बल, भाँडाकुँडा, बाल्टिनका साथै हात धुने स्टेसन निर्माणका लागि जिल्ला भरी ३२ स्थानमा हात धुने ट्याङ्की, मग, साबुन वितरण गरेको डोटी शाखाका सभापति लक्षिराम कुँवरले बताए ।

परियोजना सञ्चालित शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिका समुदायहरुमा कोरोना प्रभावित ३६ परिवारहरूलाई सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरिएको समेत सभापति कुँवरले बताए ।

परियोजनाको कार्य क्षेत्र समेत रहेको शिखर नगरपालिका वडा न.८, १० र ११ मा रहेका स्वास्थ्य चौकीलाई ४ सय थान सर्किजल मास्क, २ थान सेनिटाइजर र २ सय थान ग्लोप्स त्यसैगरी वडा कार्यालयहरूलाई ३ सय थान सर्किजल मास्क, २ थान सेनिटाइजर र २ सय थान ग्लोप्स र प्रहरी चौकीलाई ३ सय थान सर्किजल मास्क, १७ थान सेनिटाइजर र २ सय थान ग्लोप्स सहयोग गरेको शाखा प्रवर्धक सुवास श्रेष्ठले बताए ।

परियोजना अन्तर्गत शिखर नगरपालिकाको वडा नं ८,१०, ११ को ६ समुदाय र पूर्वीचौकी गाउँपालिकाको वडा नं ४ र १ का ६ समुदाय गरी जम्मा १२ समुदायहरूमा विपद् पूर्व तयारी कार्य गतिविधिहरु संचालन गर्दै आइरहेको परियोजना फिल्ड कोडीनेटर रबिन ढकालले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जिल्ला तथा परियोजनाको कार्यक्षेत्रमा विभिन्न गतिविधिहरू गदै आइरहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस