नेकपा सचिवालयमा मन्‍त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालयमा मन्‍त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल


प्रशासन संवाददाता

४ आश्विन २०७७, आइतबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

आइतवार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आ-आफ्नो धारणा राखेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भनेका छन् ।

नेकपाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आजका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस