२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोको उच्च जोखिममा चौरखानीको बस्ती, स्थानान्तरणका लागि जग्गा खोजी

अ+ अ-

म्याग्दी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी शुरु भएको छ ।

भिरालो पाखोमा रहेको चौरखानीमा पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाको खोजी थालेको हो ।

गाउँको फेदीदेखि शिरसम्मको जमिन पहिरोले छियाछिया बनाएकाले थप क्षति हुन नदिन बस्ती स्थानान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘करिब डेढ दशकदेखिको चौरखानीको पहिरो यो वर्ष थप सक्रिय भएको छ’, उनले भने, ‘नियन्त्रण सम्भव नभएपछि बस्तीनै सार्नका लागि पहल गरेका हौँ ।’

स्थानीयवासीले रोजेको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन गरेर उपयुक्त भएको सिफारिस गरेको आधारमा स्थानान्तरणका लागि छनौट गरिने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

उनका अनुसार पहिरोबाट विस्थापितलाई घर स्थानान्तरणका लागि सङ्घीय सरकारले रु एक लाख उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको छ । अन्यत्र जग्गा नभएकाका लागि निजी जग्गा नपाए सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा उपलब्ध गराउने व्यवस्था छ ।

बाउन्न घर रहेको चौरखानीमा हाल ३० परिवारको बसोबास छ । आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा गएर बसेका छन् । गाउँको बीचमा ठाडो चिरा पारेको पहिरोका चौरखानीमा एउटा सामुदायिक भवन र एउटा घर भत्किएको छ ।

गाउँपालिकाको रु पाँच लाख र स्थानीयको रु नौ लाख खर्चेर दुई वर्षअघि निर्माण गरिएको सामुदायिक भवन चिरा परेर भत्किएको छ । नरप्रसाद छन्त्यालको घर भत्किएको र अन्य ११ वटा घरको पर्खाल चर्किएर जोखिममा परेको वडाध्यक्ष गमान छन्त्यालले बताए ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट शुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रामप्रसाद छन्त्यालले बताए ।

विसं २०६४ मा शुरु भएको पहिरो ग्यावीयन पर्खाल र भल व्यवस्थापन गरेपछि केही वर्ष रोकिएको थियो । यो वर्ष अत्यधिक वर्षाका कारण पहिरो सक्रिय भएपछि जोखिम बढेको हो । खेतबारी र जङ्गल चिराचिरा परेको छ । घरको पर्खाल चर्किएर ढल्किएको स्थानीय थममाया छन्त्यालले बताए । भित्रभित्रै जमिन बगरिहेको उनले बताए ।