२४ घण्टामा विश्वमा ३ लाख १२ हजार जनामा कोरोना संक्रमण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

२४ घण्टामा विश्वमा ३ लाख १२ हजार जनामा कोरोना संक्रमण


एजेन्सी

४ आश्विन २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख १२ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो ।

अघिल्लो २४ घण्टामा ३ लाख १५ हजार ९१९ जनामा कोरोना संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।

विश्वमा हालसम्म ९ लाख ४८ हजार ७९५ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ५ हजार ३६० संक्रमितको मृत्यु भएको छ ।

संक्रमितको संख्या ३ करोड ३ लाख ६९ हजार ७७८ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस