२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार विषयलाई लिएर नागरिक समाज र कर्मचारीबीच द्वन्द्व

अ+ अ-

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितता भएको विषयलाई लिएर नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व शुरु भएको छ ।

नागरिक समाजका अगुवाहरुले जलेश्वर नगरपालिकाका नाला, सडक, शहिद गेट र पर्खाल निर्माण, सडकमा बत्ती जडान, कोरोनाको नाममा आएको सहयोग र गरिएको खर्च, गत वर्षमा बाढीको नाममा भएको राहत वितरण, कर्मचारी भर्ना उपभोक्ता समिति निर्माण र मोटरसाइकल खरिद प्रक्रियामा भएको भ्रष्टाचार तथा अनियमितताको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजूरी दर्ता गराएपछि द्वन्द्व शुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको १७ बुँदे मागसहित आन्दोलनमा उत्रेका नागरिक समाजका अगुवाहरुले विभिन्न वडाका योजनाहरू, कृषि सिँचाइ, सडक मर्मत, पिसिसी ढलान, पशुसेवा र बालमैत्री कार्यक्रम, मिथिला सांस्कृतिक प्रवर्द्धन, खुला दिसामुक्त कार्यक्रम, चौक सौन्दर्यकरण तथा भ्यु टावर निर्माणलगायत क्षेत्रमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।
जलेश्वर नगरपालिकाले भने नागरिक समाजका अगुवाहरुले लगाएका सबै आरोप निराधार रहेको जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी कुनै आर्थिक अनियमितता नभएको तथा आर्थिक अनुशासन र कानूनको परिधिभित्रै रहेर रकम खर्च गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुझाएको १७ बुँदे मागको जवाफ एक महिनाभित्र उपलब्ध नगराइए चरणबद्ध आन्दोलनमा जाने निर्णय नागरिक समाजका अगुवाहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस