जिल्ला प्रहरी कार्यालय सप्तरीका थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

जिल्ला प्रहरी कार्यालय सप्तरीका थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

२ आश्विन २०७७, शुक्रबार


काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थप ३८ जना प्रहरी कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी र डिएसपीमा भदौ २५ गते संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा ८५ जनाको परीक्षण गरिएकोमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

शुरुमा प्रहरी उपरिक्षक सहित सिनियर अधिकृतमा लक्षण देखिएपछि पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । कन्ट्याक्ट ट्रेसिङमा गरीएको परिक्षण दुई जना महिला प्रहरी सहित ३७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष खडकाले बताए ।

सप्तरीमा संक्रमित प्रहरीको संख्या ५३ पुगेको छ । तीमध्ये २५ जना जिल्ला प्रहरी कार्यालयकै आइशोलेशनमा छन् । अन्यलाई गजेन्द्र नारायण सिंह मेमोरियल अस्पतालको आइसोलेशनमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस