जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रभावित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रभावित


२ आश्विन २०७७, शुक्रबार


सिमकोट । जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय हुम्लामा दरबन्दीअनुसारका कर्मचारी नभएपछि सेवा प्रभावित हुने गरेको छ ।

दरबन्दी अनुसारका कर्मचारी अभावले प्रमुख जिल्ला अधिकारी कार्यालयका सामान्य काममै अल्मलिएपछि शान्ति सुरक्षालगायतका महत्वपूर्ण काम प्रभावित भएका हुन् ।

कार्यालयमा प्रजिअ, सहायक प्रजिअ, तीन नायबसुब्बा, चार खरिदारको दरबन्दीमध्ये पूरा कर्मचारी नभएपछि नियमित काम प्रभावित भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए । ‘एकैजनाले दुई/तीन फाँट धान्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यालयका अधिकांश फाँट बन्द हुने अवस्थामा छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस