नारायणगढ–मुग्लिन सडकखण्डका ठाउँ-ठाउँमा पहिरो, सडक पुर्ण रुपमा अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ–मुग्लिन सडकखण्डका ठाउँ-ठाउँमा पहिरो, सडक पुर्ण रुपमा अवरुद्ध


२ आश्विन २०७७, शुक्रबार


चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको ठाउँ ठाउँमा पहिरो गएका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

यस सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ को केराबारी, चौध किलो, र सत्र किलोमा पहिरो गएकाले सठक अबरुद्ध भएको हो ।

भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको उनले जानकारी दिए ।

पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ । पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस