३ सचिवको सरुवा, नयाँ एकको पदस्थापन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३ सचिवको सरुवा, नयाँ एकको पदस्थापन


१ आश्विन २०७७, बिहिबार


काठमाडौँ । सरकारले तीन सचिवको सरुवा र नयाँ एक सचिवको पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि सुधार मन्त्रालयबाट सरुवा गरी अतिरिक्तमा राखेका एक, बढुवापछि पदस्थापन हुन बाँकी एक र अन्य दुई सचिवको सरुवा गरी चार जनाको सरुवा तथा पदस्थापन गरेको हो ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएका सचिव केदार न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै पदस्थापन गरेको छ । केही समय अघि मात्रै बढुवा भएका मधु  मरासिनी महालेखा नियन्त्रकको कार्यालय, अनामनगरमा पदस्थापन गरिएका छन् भने महालेखा नियन्त्रक कार्यालयका सचिव गोपीनाथ मैनालीलाई युवा तथा खेलकुद कार्यालयमा सरुवा गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले प्रशासनलाई बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस