१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिई यातायात सञ्चालन गर्नुपर्ने

अ+ अ-

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिई यातायात सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आगामी असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले आज भर्चुअल छलफलमा उक्त आग्रह गरेको हो । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।

छलफलमा मुख्यमन्त्री राईले असोज ५ गते अगाडि व्यवसायीलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीको विवरण तयार गर्न आग्रह गरेका छन् । उनले यातायात व्यवसायीको साझा समस्यालाई सरकारले सम्बोधन गर्दै जाने बताउँदै मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानी अपनाउन आग्रह गरे ।

उनले लामो दूरीका यात्रुको विवरण राख्न पर्ने बताए । छलफलमा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए । उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधन चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । छलफलमा यातायात व्यवसायीका साथै यातायात क्षेत्रका मजदुर सङ्गठनका प्रतिनिधिको सहभागिता थियो ।

१३८ सङ्क्रमित थप

प्रदेश नं.१ मा गएको २४ घण्टामा १३८ सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७७४ जनाको पिसिआर परीक्षण गरेकोमध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १०८, सुनसरीमा २२, झापामा दुई, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङमा एक/एक र प्रदेश बाहिर तीनजना सङक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ७० जनामा सङ्क्रमण देखिएकामध्ये २८ महिला र ४२ पुरुष छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ९६७ पुगेको छ । प्रदेशमा आज ६४ जना सङक्रमित निको भै घर फर्केका छन् । प्रदेशमा हालसम्म दुई हजार १४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा हाल सम्म एक लाख १० हजार ७९० जनाको पिसिआर परीक्षण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस