सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला


प्रशासन संवाददाता

२८ भाद्र २०७७, आइतबार


सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ ।

नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । ‘ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु’, शेर्पाले भने ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस