सिन्धुपाल्चोकमा फेरि पहिरो : घुम्थाङको नागपुजेमा आठ र भीरखर्कमा १० घर पुरिए « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिन्धुपाल्चोकमा फेरि पहिरो : घुम्थाङको नागपुजेमा आठ र भीरखर्कमा १० घर पुरिए


प्रशासन संवाददाता

२८ भाद्र २०७७, आइतबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् ।

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ ।

त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस