२४ घण्टामा १२०१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८५२ जना डिस्चार्ज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा १२०१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८५२ जना डिस्चार्ज


प्रशासन विशेष ब्युरो

२७ भाद्र २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय एक जनामा कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै कुल सङ्क्रमितको सङ्ख्या ५३ हजार १२० पुगेको छ । उनीहरूमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना सङ्क्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस