२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारका पदाधिकारीमाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारका वर्तमान र पूर्व पदाधिकारीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टाचारका ठुलठुला काण्डमा संलग्नहरूलाई जोगाउन अख्तियार नै लाग्न थालेको बताउँदै पौडेलले शुक्रवार विज्ञप्तिमार्फत पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग राखेका हुन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लापरवाहीहरु उपर छानबिन गर्न र त्यसका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरूलाई जिम्मेवार बनाउन’पौडेलले विज्ञप्तिमा भनेका छन्,‘एक जना पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा सबैको भरोसायोग्य न्यायिक छानबिन आयोग गठन गरियोस् भन्ने माग गर्दछु ।’

पौडेलले शुक्रवार एक राष्ट्रिय दैनिकमा प्रकाशित ‘निगमको जग्गा खरिद फाइल सुटुक्क तामेली’ शीर्षक समाचारप्रति अख्तियारको ध्यानाकर्षण गराएका छन् । ‘१ अरब ३४ करोडको खेल भनिएको उक्त चर्चित प्रकरण यसरी डिसमिस पार्ने काम सुशासनका लागि त्यत्रो भरोसा गरेर हामीले स्थापना गरेको संस्थाबाट भइरहेको छ,’ पौडेलले भनेका छन्,‘माझीले नै डुङा डुबाउन लागेपछि कसले पार लगाउने ? यस्ता काम कारबाही किन भइरहेका छन् ?’

पौडेलले यसअघिका अरबौँका भ्रष्ट्राचार काण्डहरूसमेत चर्चामा रहेको भन्दै अख्तियारको भूमिका सन्देहपूर्ण रहेको बताएका छन् । ‘तिनको तदारुकताका साथ छानबिन गरेर दोषीउपर कारबाही चलाउने र राष्ट्रमा भइरहेका ब्रमलुट रोक्ने काममा अख्तियारको ढिलासुस्ती र लापरबाही चर्चामा छन्,’ पौडेलले भनेका छन्,‘तसर्थ ती लापरबाहीको छानबिन गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस